नेपालमा एकै दिन थपिए ६३८ संक्रमित

-



     सफल आवाज    
     श्रावण २७ गते २०७७ मा प्रकाशित


काठमाडौ, २७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १० हजार ४ सय ६२ पिसिआर परिक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर ६ सय ३८ जना कोरोना संक्रमित थपिएको बताए।

प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ।
हालसम्म संक्रमितमध्ये निको हुनेको संख्या १६ हजार ६ सय ६४ जना छन्। गएको २४ घण्टामा १ सय ७१ निको भए ।

हाल देशभरमा ५ सय बढी संक्रमित भेटिएको जिल्ला ४ छन् । ती हुन् काठमाडौ , पर्सा, रौतहट र महोत्तरी हुन्।