
बनेपा (काभ्रे), ८ मङ्सिर। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्राको मुख्य दिन मेला तथा विशेष पूजाआजा भइरहेको छ । जात्राको मुख्य दिन आज पूर्णिमाका अवसरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार जात्राको पहिलो दिन सोमबार दिवङ्गत पितृको सम्झनामा रातभर दीप प्रज्ज्वलन गरिएको थियो । राजकुमार महासत्वले भोकले छटपटाइरहेकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नो शरीर अर्पण गरेको स्मरणमा यो जात्रा मनाउने गरिएको नगरप्रमुख कुन्साङ लामाले बताउनुभयो ।
त्यसलाई त्याग र करुणाको अर्थमा लिने गरिएको छ । उहाँका अनुसार कात्तिक पूर्णिमाको धार्मिक मेलालाई लक्षित गरी नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । जात्रामा सहभागी भक्तजनको सहजताका लागि नगरपालिका, स्थानीय गुठी तथा सुरक्षा निकायले आवश्यक व्यवस्थापन गरेका छन् ।








सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा…
काठमाडौं, ८ मङ्सिर। औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित… 




