अख्तियार प्रमुख घिमिरेलाई कोरोना

-



     सफल आवाज    
     श्रावण २७ गते २०७७ मा प्रकाशित



अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केही दिनअघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो ।

घिमिरेलाई मंगलबार कोभिड–१९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्रोतले जनायो । हालसम्म अख्तियार प्रमुख घिमिरेसहित ४१ जना कर्मचारीलाई कोरोना संक्रमण भइसकेको छ । उनीहरुमध्ये कोही पनि अस्पताल भर्ना भएका छैनन्।

अख्तियारका थप ३ सय ५० जना प्रहरी तथा कर्मचारीको स्वाब परीक्षणका लागि पठाइएकोमा रिपोर्ट आउन बाँकी छ।