
बुटवल, २८ साउन । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालको भेन्टिलेरमा राखेर उपचार गराइरहेका २ जना बिरामीको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना पुरुष कपिलबस्तु निवासी हुन् ।
अस्पतालका फोकलपर्सन डा. सुदर्शन थापाले मृतकमध्ये १ जनाको पीसीआर पोजेटिभ र अर्का शंकास्पद बिरामी रहेको बताए ।
तीमध्ये १ जनाको साउन २५ देखि भेन्टिलेरमा राखेर उपचार गराइरहेकोमा अर्का मंगलबार (हिजो) मात्र आएका हुन् । मंगलबार आएकालाई पनि भेन्टिलेटरमै राखिएको थियो । तर दुवैको बुधबार बिहान मृत्यु भएको थापाले बताए ।
उनीहरु केही समयअघि भारतको मुम्बईबाट आएका थिए । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् ।