किस्ट र पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     श्रावण २८ गते २०७७ मा प्रकाशित



काठमाडौँ, २८ साउन । ललितपुरको पाटन अस्पताल र किष्ट अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । पाटन अस्पतालका प्रवक्ता विष्णु शर्माले उनको गएराति निधन भएको पुष्टि गरे ।

त्यस्तै ललितपुरकै किष्ट अस्पतालमा मृत्यु भएकी काठमाडौँकी अर्की एक महिलाको पनि कोरोना पोजेटिभ आएको छ ।