साँखुमा तीन कोरोना सङ्क्रमित

-



     सफल आवाज    
     श्रावण २८ गते २०७७ मा प्रकाशित


काठमाडौंको शंखरापुर नगरपालिकामा ३ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् ।

नगरपालिका– ९ मा दुई र वडा ७ मा एक गरी ३ जनामा कोरोना भाइरस भेटिएको हो । वडा ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताए ।

सङ्क्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । त्यस्तै शंखरापुर– ७ नगरपालिका भवन नजिकै एक जना सङ्क्रमित भएको पुष्टि भएको छ ।

बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए । बारामा पिसिआर परीक्षण गरी दुई दिनअघि मात्रै शंखरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ । रासस