नेपालमा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा ४ सय ८४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ८१ जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा संक्रमित थपिएका हुन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ जना रहेका छन् ।
यस्तै गएको २४ घण्टामा थप ६४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।
नेपालका ६ जिल्ला भने हाल संक्रमितमुक्त छन् । सोलुखुुम्बु, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हाल कोरोना संक्रमित छैनन् ।