
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको छ । नगरपालिकाबाटै प्यान नम्बर तथा कर चुक्ता प्रमाणपत्रलगायतका सेवा उपलब्ध हुन थालेपछि करसम्बन्धी कामका लागि उद्योगी, व्यवसायी तथा करदातालाई दमौली पुग्नुपर्नेे बाध्यता हटेको छ ।
यसअघि प्यान नम्बर लिन, कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न तथा करसम्बन्धी अन्य कामका लागि दमौलीस्थित आन्तरिक राजस्व कार्यालय पुग्नुपर्ने अवस्था थियो । नगरपालिकाबाटै सेवा लिन सकिने भएपछि सेवाग्राहीको समय र खर्च बचत हुने तथा करसम्बन्धी काम छिटोछरितो हुने अपेक्षा गरिएको छ ।
नगरपालिकाले स्थानीयस्तरमै करसम्बन्धी सेवा उपलब्ध गराउने व्यवस्था गरेसँगै साना तथा मझौला व्यवसायी, नयाँ व्यवसाय सुरु गर्न चाहने व्यक्ति र नियमित रूपमा करसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने करदातालाई सहज हुने भएको छ । नगर प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकारबाटै नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप प्यानसम्बन्धी सेवा सुरु गरिएको बताउनुभयो ।
उहाँका अनुसार करसम्बन्धी सामान्य कामका लागि पनि सेवाग्राहीले अर्को ठाउँमा पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीयस्तरमै सेवा उपलब्ध गराउने प्रयास गरिएको हो । नगरपालिकाबाटै सेवा उपलब्ध हुँदा नागरिकले अनावश्यक समय र यातायात खर्च व्यहोर्नुपर्ने अवस्था कम हुने तथा सरकारी सेवा प्राप्त गर्न सहज हुने नगरपालिकाको अपेक्षा गरिएको पण्डितको भनाइ छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




