कोरोना संक्रमणको कारण थप ८ जनाको मृत्यु

-



     सफल आवाज    
     श्रावण २८ गते २०७७ मा प्रकाशित



कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण गएको २४ घण्टामा ८ जनाको मृत्यु भएको जनाएका हुन् ।

उनका अनुसार मृत्यु हुनेमा काठमाडौँका ७८ वर्षीया महिला, धादिङका ३२ वर्षीय पुरुष, जनकपुरका ७१ वर्षी पुरुष र ३८ वर्षीया महिला, सप्तरीका ७२ वर्षीय पुरुष, मोरङका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षी पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

गएको २४ घण्टामा नेपालमा थप ४ सय ८४ जना संक्रमित थपिएका छन् ।