गण्डकीमा थपिए ४ संक्रमित, संकलित नमुना सबैको रिपोर्ट सार्वजनिक

-



     सफल आवाज    
     श्रावण २९ गते २०७७ मा प्रकाशित



पोखरा, २९ साउन । गण्डकी प्रदेशमा ४ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरु सबै पुरुष हुन्।

प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गरी क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा कास्की, लमजुङ, पर्वत र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का गरी १–१ जना संक्रमित भेटिएका हुन् ।

तीमध्ये कास्कीको पोखरा महानगरपालिका वडा २६ का ४९ वर्षीय, लमजुङ सुन्दरबजारका ३२ वर्षीय, पर्वत पैयूँ वडा ७ का २० वर्षीय र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २५ वर्षीय पुरुष छन् ।

संक्रमित सबैलार्ई उपचारार्थ सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए ।

योसँगै प्रदेशमा कुल संक्रमित संख्या १ हजार ६ सय ६० पुगेको छ । मृत्यु हुनेको संख्या ५ छ ।

प्रदेशमा ३१ हजार ४ सय ७६ जनाको स्वाव संकलन गरिएकोमा २९ हजार ८ सय १६ मा संक्रमण देखिएको थिएन । संंक्रमित १ हजार १ सय ६० मध्ये १ हजार ४ सय ९३ निको भइ घर फर्केका छन् । प्रदेशअन्तर्गत पोखरामा २ स्थान (क्षयरोग उपचार केन्द्र र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला) मा भइरहेको परीक्षणमा बिहीबार साँझसम्म संकलित नमुनाको रिपोर्ट आउन कुनै पनि बाँकी छैन ।