तनहुँमा एकैपटक २० संक्रमित फेला

-



     सफल आवाज    
     श्रावण ३० गते २०७७ मा प्रकाशित



पाेखरा, ३० साउन । तनहुँ जिल्लामा एकैपटक २० जना काेराेना संक्रमित फेला परेका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार जारी गरेकाे विज्ञप्ति अनुसार तनहुँकाे भानु नगरपालिकाका २० मध्ये १४ पुरूष र ६ महिलामा संक्रमण देखिएको हाे।

यस्तै स्याङ्जाकाे पुतलीबजारमा १ पुरूषमा संक्रमण देखिएकाे छ। याे सहित गण्डकीमा कुल संक्रमित संख्या १ हजार ६ सय ८१ पुगेकाे छ ।

शुक्रबार भेटिएका संक्रमितकाे नमुना परीक्षण क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको हाे ।

सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनाइएको छ।