नेपालमा झण्डै ६ सय संक्रमित थपिए

-



     सफल आवाज    
     श्रावण ३० गते २०७७ मा प्रकाशित



नेपालमा गएको २४ घण्टामा झण्डै ६ सय संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् ।

उनका अनुसार काठमाडौं उपत्यकामा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये काठमाडौँका ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जना छन् ।

यस्तै, २ सय ४० निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५७५ जनाको पीसीआर परीक्षण गरिएको थियो। हाल देशभरका क्वारेन्टिनमा १४ हजार ६३८ जना छन् ।