संघियता :अपेक्षा अनि परिणाम

-



     डा . टेक नारायण पौडेल    
     श्रावण ३० गते २०७७ मा प्रकाशित



नेपालको बिकासलाई हरेक घरअनि समुदाय सम्म पुरयाउनको लागि निकै लामो बलिदानीपुर्ण त्याग र योगदानबाट संघिय नेपालको  स्थापना भयो । हामीले अपेक्षा गर्यौ कि अब हाम्रा दुखका दिन सकिए । अपेक्षा स्वाभाविक थियो नै किनकि हामीले २५० बर्ष पुरानो सामन्ती भनिएको राजसंस्थालाइ  देशको बागडोर समाल्ने कार्यबाट मुक्त गरेका थियौ । हामीले निरङ्कुश भनिएको सामन्ती राजसंस्था अनि तिनका भरौटेहरुलाई बिदा गरेका थियौ अनि जनअपेक्षा थियो ७५३ स्थानिय सरकारले सेवा प्रबाह गर्दा जनताका सबै समस्या छुमन्तर हुन्छन ।

जनताको चेतना स्तरमा बिकास हुनेछ । शिक्षा, स्वास्थ्य लगायत जनताका सबै न्युनतम आबस्यकता पुरा हुनेछन यी कुनै काल्पनिक कुरा वा सोचाइ थिएनन । किनकि हाम्रा जनप्रतिनिधि दसौ बर्षदेखि जनताको पिर बुझेका छन् अनि जनताको आबस्यकताका सबै कुराका  निम्ति सबै कुरा समयमा सम्पन्न गर्न सक्नेछन। अझ जन अपेक्षा थियो कि दशौ बर्ष युद्ध गरेर आफ्नो ज्यान हत्केलामा राखेर जनताको हितका निम्ति लडेका हाम्रा जनप्रतिनिधिहरुले सबै आबस्यकताहरु क्षणभरमा सम्पन्न गर्ने छन् जब उनीहरु शक्ति अनि सत्तामा हुनेछन हामीले त्यै नै कल्पना गर्दै गर्यौ ।

आज तीन तहको सरकार स्थापना अनि उनीहरुको राज्य संचालनकाे झन्डै ६५-७०% समय कार्यकाल सकिन लाग्यो । हामीले २०औ बर्ष सम्म स्थानिय निर्बाचन गर्न सकेनौ । बल्ल बल्ल स्थानिय निर्बाचन भयो । जनताका अपेक्षाका चाङ्ग धेरै हुनु स्वाभाविक नै थियो । तैपनि २० को १९ समस्या समाधानमा पनि हामि गएनौ कि एकाध स्थानिय तहबाहेक ? समाजमा चेतनाको स्तर भएका जनप्रतिनिधिहरु आफैमा ब्यापारी हुन सक्दैनन् सामान्य जनताको सेवा गर्ने नागरिक मात्र हुन  सक्छन । अहिले हामी देख्दैछौ आम्दानिका स्रोत नै नभएकाहरु पनि सहरमा महल बनाउन थालेका छन् शक्तिको दुरुपयोग गर्दै आफै ठेक्कापट्टाको काम गर्छन। हामीले निर्बाचन गरेको जनताको सेवा गर्नको लागि कि जनता माथि शासन गर्ने बिचौलिया ब्यापारी बनाउनको लागि ? आज हरेक जनजन ले प्रश्न  गरेका  छन् ।

  हामीले सोच्नु वा जनताको प्रतिनिधि हुनु साच्चै सेवाभाबबाट प्रेरित हुने खालको शिक्षा प्राप्त गरेका  होलान भन्ने अपेक्षा थियो जनस्तरको बुझाइ अनि चाहाना बिपरित हामीले २०४६ पछि दिएको अनि २०६२/२०६३ को आन्दोलनले प्राप्त गरेको उपलब्धि केवल येत्ति नै थियो त ? अहिले विद्धमान मुख्य राजनीतिक पार्टीकाले मान्दै आएका पार्टीका सस्थापकहरु अनि  आदर्श मान्दै गर्दा के उनीहरुका बिचार वा उनीहरुका मार्गदर्शन आज हाम्रा लागि शिक्षा पदको मार्ग हराएकै हो त ? एक पटक आफ्नो  आँखा चिम्लेर मनलाई छामेर सोचौं त हामीले कस्तो समाजको निर्माण गर्दैछौं र कता तिर लाग्दैछौँ ??  हिजो हामीले एकात्मक भनिएको साशन प्रणालीभन्दा आज समाजमा के के कुरामा सुशाशन आयो त ? के के कुरामा प्राकृतिक हिसाबले हुने भन्दा फरक के के भए ? बिपी कोइराला, पुस्पलाल, मदन वा विदेशका विचारकलाई हाम्रा आदर्श मान्दै गर्दा के हामीले उनीहरुको  मार्गदर्शनलाई काम ब्यबहारबाट उपहास गर्दा आज केहि भ्रम नै भन्नु फरक नहॊला किनकि हामि देखाउछौ एकथोक गर्छौ अर्कै ।

हामीले यिनै बिचारलाई अनि यिनै मार्गदर्शकलाई अझै पनि हाम्रा आदर्श  विचारक मान्छु भने अहिलेको पुस्ताले के पत्याउला त ? एकछिन सबै छाडौ । हामीले समाजबाद उन्मुख राज्य ब्यबस्थाको बिकासका लागि लागि रहदा दशौ बर्ष आन्दोलन गरेर प्राप्त गरेको उपलब्धि अनि हासिल गरेको उच्च बिचारले आम जनताको चेतना स्तर लाइ परिबर्तन गर्न सकेन भने के हामीले हासिल गरेको उपलब्धि सहिमार्गमा हिडेको छ भन्न सक्छौ होला । हामीले समाज बिकासको गहिराइ सम्म पुगेर कार्य सम्पादन गर्न सकेनौ भने यी उपलब्धिले हामीलाई गिज्जाई रहेको हुन सक्छ कि । जनताका प्रतिनिधि नै आफै पैसा कमाउन तल्लिन भयौ भने सहि र गलत छुट्टाउन सकेनौ भने, समाजमा गढेर रहेका रुढिबादि परम्परा र संस्कारलाई अन्धभक्त भई समर्थन गर्दछन अनि परिबर्तनका निम्ति काम गर्न सकेनौ भने,  आफुलाई थाहा भएर पनि असत्य, अन्याय थाहा पाएर चुइङ्क्क बोल्न सक्दैन भने, परिवर्तनसंग डराउँछ अनि परिबर्तनका निम्ति आफ्नो दिमागलाइ परिवर्तन गर्न सक्दैन भने, हामीले खोजेको सपना को संसार प्राप्त हुन्छ र ?

आफ्नो बिचार बाहेक अन्य कुरालाई विभिन्न दृष्टिकोणबाट हेर्दा निष्कर्ष फरक हुन्छ भन्ने कुरा थाहा पाउंदैन भने, समाज बिकासको विषयवस्तु वा लेखाइ/भनाइको तात्पर्य बुझ्न सक्दैन भने, के हाम्रा आदर्शले दिएको बिचार आज कार्यन्वयन भएको छ भन्न सक्छौ होला ? म मात्र सबै कुरा जान्दछु भन्ने भ्रम हटाउन नसक्ने,  बिना अध्ययन वा अरुको कुरा नसुनी आफ्नो धारणा वा सतही विश्लेषण मात्र राख्न तम्सन्छ भने, आफू मात्र सही र दुनिया गलत भन्ने बुझ्छ भने, अब सोचौ त हामीले परिबर्तन केका लागि गरेका छौ होला । हरेक काममा होस् वा बिषयमा  शालीनतापुर्वक बहस वा छलफलमा सहभागी नभई सिधै प्रतिकारमा उत्रन्छ भने, आफ्ना धारणा मात्र एकोहोरो राख्ने अनि अरु  कसैले प्रस्तुत गरेको फरक विचार वा धारणाको सही विश्लेषण नगरी त्यसविरुद्ध तूत्छ शब्दमा आफ्नो धारणा राख्दछ भने, हामीले कस्ता प्रतिनिधि पठायौ भन्ने बहस रहिरहन्छ ।

आफ्नो सबै हैसियत बिर्सेर सामान्य कुरा सुनेकै आधारमा प्रमाणित हुनु पूर्व आरोपितलाई चरित्र हत्या गर्ने आफु नै सबथोक हौ भन्ने गरि कारबाही गर्न तम्सन्छ भने, हरेक जातजाति भाषाभाषी धनि गरिब जस्तो भएपनि शक्तिको आडमा अरुको अनादर वा मानहानी गर्दछ भने, शक्ति वा कुर्चीको बलले  धर्म-संस्कार-र संस्कृतिको नाममा उदण्ड र अन्धविस्वासलाई स्थापित गर्न सहयोग गर्दछ भने, आफ्नो  व्यक्तिगत हित मात्र सर्वहीत मानेर सामाजिक हीतमा काम गर्दैन, स्वार्थी बन्छ जता सुकै आफ्ना अनि आफन्त को घेरा मा घेरिएर बस्दछ र आफू अगाडि बढ्न अरुलाई पछि धकेल्नु पर्छ। आफ्नो कद बढाउन अरुको घटाउनु पर्छ भन्ने मान्यता राख्दछ भने त्यस्ता व्यक्तिबाट हामी कुन गन्तब्यमा पुग्छौ होला ?

हामीले स्थापना गर्न खोजेको समाजमा असल कर्म गर्नेलाई निरुत्साहित गर्ने, कमजोर बनाउने कर्म गर्दछ र अवसरबाट बन्चित गर्ने आफ्नो समर्थन नगरेकै भरमा व्यक्तिको क्षमतालाई निरुत्साही गर्दछ भने ,आफूले पढेको, जानेको, सिकेको कुरा व्यवहारमा उतार्न सक्दैन र नजानेको कुरा सिक्नका निमित प्रेरित हुने वा सहायोग माग्ने गरि आफ्ना कार्य सम्पादन गर्दैन  जिम्मेवारी र उत्तरदायित्व आफैं बुझ्न सक्दैन अरुले देखाएको मार्गमा हिड्न पनि कोसिस गर्दैन भने अब सम्झनुस हामीले कस्तो समाजबादको कल्पना गरेका छौ ?

  आफु भए सबै राम्रो आफु पहुचमा हुने बेला सम्म देखावटी गर्ने अनि अलिकति केहि असहज देखियो कि आफ्नो देश, समाजलाई माया गर्दैन भने, विदेशमा बस्नका निम्ति कुनै पनि तबरबाट देशको लुट गरेर बाहिर बस्नका निम्ति पैसा अन्तै लाग्ने  काम गर्ने अनि  देशलाई धिक्कार्छ र  पद वा सत्तामा पुगेर भ्रष्टाचार गर्दछ आफ्नालाई अनाबस्यक कार्य गर्न प्रेरित गर्छ वा गरेको थाहा भएर पनि कुनै खालको कारबाही गर्ने गर्दैन भने जति सुकै आदर्शको पालना गरेपनि त्यस्ता सबै जनविरोधी नै हुन् । यस्तै प्रवृतिले हामी कुन समाजको स्थापना गर्न सक्छौ होला ? आज देखिएको छ येस्तै एकाध उदाहरणिय जनप्रतिनिधि छन भने अधिक अबसरलाइ दुरुपयोग गर्ने अनि आफ्ना मात्र झोला भर्ने प्रवृति देखियो । हामीले एकात्मक राज्य ब्यबस्थाबाट तिन तहको राज्य सत्ता अनि सिहदरवार हरेक बस्तिबस्तिमा पुग्ने गरि स्थापना भएका ७५३ सरकारको औचित्य माथि प्रस्न उठ्छ कि ? अझै पनि जनअपेक्षा मरिसकेको छैन जनताले सहि चेत खुलोस भन्ने अपेक्षा गरेका छन् ।

दुर्गमका जनताले सामान्य अपेक्षा गरेका छन् भने सुगमका जनताले पनि ठुलो होइन सुशासन खोजेका छन् । अब हाम्रो सबै शिक्षा चेतनालाइ तेतैतिर केन्द्रित गर्ने कि ? सके आफै गरौ नसके पनि यो मुलुकमा संसारलाई परिबर्तन गराउन सक्ने बिस्व समुदायमा भएका काम गर्ने कर्मठ दाजुभाइहरुलाई खोजि गरि परिबर्तनका निम्ति लाग्दा अझै पनि धेरै गर्न सकिन्छ । हाम्रा साशन ब्यबस्था निरर्थक  नहुन भनि समयमा सोच्ने कि हामीले हासिल गरका उद्येश्य नै चेतना, आचरण र क्षमताको विकास को लागि हो । यी कुनै हुन सकेनन् भने हामीले गरेका यत्रा परिबर्तनलाइ इतिहासले धिक्कार्नु सिबाय अरु के हुन् सक्छ हाम्रा समय  र लगानी सबै खेर जान नदिनका निम्ति आजैबाट काम गर्ने कि ?

tekanpdl@gmail.com