गण्डकीमा १० काेराेना संक्रमित फेला

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७७ मा प्रकाशित



पाेखरा, ३१ साउन। गण्डकी प्रदेशमा थप १० जना काेेराेना संक्रमित भेटिएका छन्।

६ जिल्लामध्ये सबैभन्दा बढी कास्कीकाे पाेखरा महानगरपालिकामा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार विज्ञप्ति जारी गरी जनाएको छ।

पोखरा वडा ८ मा ३५ वर्षका पुरुष र १५ वर्षकी किशाेरीमा संक्रमण देखिएको हाे ।
पाेखराकै वडा ५ का ३९ वर्षका पुरूषमा पनि काेभिड १९ देखिएकाे छ।

उता, तनहुँ र बाग्लुङमा २, २ जना छन्। तनहुँकाे भानु नगरपालिकामा २ पुरूष, बागलुङको बागलुङ र बडिगार्डमा २ पुरूषमा संक्रमण देखिएकाे छ।

स्याङ्जा, गाेरखा र नवलपुरमा १, १ जनामा संक्रमण पुष्टि भएकाे छ। स्याङ्जाकाे पुतलीबजारका ३० वर्षका पुरूष, गाेरखाकाे गाेरखा नगरपालिकाका ४७ वर्षकी महिला र नवलपुुर मध्यबिन्दुका ३४ वर्षका पुरूषमा काेराेना देखा परेकाे छ।

याेसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको स्वास्थ्य निर्देशक विनाेदबिन्दु शर्माले जनाए । संक्रमितमध्ये ९० प्रतिशत निकाे भैसकेका छन्।