भारतको ७४औं स्वतन्त्रता दिवसमा नेपालका प्रधानमन्त्री ओलीको शुभकामना

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७७ मा प्रकाशित


काठमाडाैं , ३१ साउन । भारतको ७४औं स्वतन्त्रता दिवसका अवसरमा आज नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन ।

प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शनिबार बिहान ट्विट गर्दै भारत सरकार र भारतीय जनतालाई स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका हुन् ।

उनले ट्विटरमा लेखेका छन ‘ हार्दिक बधाई तथा शुभकामना छ प्रधानमन्त्री नरेन्द्र मोदी जी’ । साथै ओलीले स्वतन्त्रता दिवसको अवसरमा भारतीय सरकार र भारतीय जनताको प्रगती र समृद्धिको कामना गरेका छन ।