पोखरामा आइतबार १० संक्रमित थपिए

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित



पोखरा, ३२ साउन । पोखरामा आइतबार १० जना कोरोना संक्रमित थपिएका छन् । यो सहित कास्कीमा कुल संक्रमितको संख्या २ सय १८ पुगेको छ । प्रदेशमा कुल १ हजार ७ सय १८ पुगेका छन् ।

एकपछि अर्को संक्रमित देखिदै गएपछि पोखरा लगायत संक्रमण देखिएका स्थानमा उच्च स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र, पोखरामा गएको २४ घण्टामा भएको नमुना परीक्षणमा १६ जना संक्रमित फेला परेका हुन् । तीमध्ये पोखराका मात्रै १० जना छन् । तनहुँका ४ जना हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा पोखरा वडा ८ का ५१ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै वडा ३२ की ८६ वर्षीया वृद्धा, वडा २६ का ५३ वर्षीय पुरुष र वडा २८ का ३८ वर्षीय पुरुषमा कोभिड–१९ संक्रमण देखा परेको छ ।

तनहुँ सदरमुकाम व्यास नगरपालिका वडा १ का ९ वर्षीय बालक र ४० वर्षीय पुरुष छन् भने वर्ष १३ की बालिका र ३६ वर्षीया महिला पनि कोरोना संक्रमित बनेका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा भएको परीक्षणमा पोखराका ५ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले बिहान विज्ञप्ति जारी गरी पुष्टि गरेको थियो ।

पोखरा वडा १६ मा २२ र ३० वर्षीय पुरुष तथा २२ र ५० वर्षीया महिला संक्रमित बनेका हुन् । पोखरा वडा ५ की ३३ वर्षीया महिलामा पनि कोभिड–१९ पुष्टि भएको हो ।

तनहुँको भानु नगरपालिका वडा ४ का ३० वर्षीय पुरुष छन् ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । गण्डकीमा शनिबार २१ जनामा कोरोना संक्रमण देखा परेको थियो ।

गण्डकीमा कुल संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये करिब ९० प्रतिशत अर्थात् १ हजार ५ सय २० जना निको भइ घर फर्केका छन् ।

(अपडेट) पर्वतको बिहादीका १ पुरुषमा कोरोना पुष्टि

पर्वत जिल्लाको बिहानी गाउँपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा गाउँपालिका वडा ५ का ती पुरुषमा कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार तेस्रो विज्ञप्ति जारी गरी जानकारी दिएको हो । उनलाई आइसोलनमा कक्षमा लैजाने तयारी भएको छ ।

यो सहित गण्डकीमा कुल संक्रमित संख्या १ हजार ७ सय १९ पुगेको छ । यसअघि आइतबार नै प्रदेशमा पोखराका १० र तनहुँका ५ जनामा गरी १५ जनामा कोरोना पुष्टि भएको थियो ।