१३२० नमुना परीक्षणमा १६ मा कोरोना

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित


क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा संलग्न स्वास्थ्यकर्मी ।


पोखरा, ३२ साउन । पोखरामा गएको २४ घण्टामा कोरोनाको १३२० नमुना परीक्षण भएको छ । तीमध्ये मात्र १६ मा कोरोना देखियो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशकका अनुसार गएको २४ घण्टामा क्षयरोग उपचार केन्द्रमा १ हजार २ सय ६८ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५२ गरी कुल १ हजार ३ सय २० नमुना परीक्षण भएको हो । ती मध्ये १६ जनामा मात्र कोरोना देखिएको हो । क्षयरोग उपचार केन्द्रमा भएको परीक्षण गएको २४ घण्टामा अहिलेसम्मकै धेरै नमुना परीक्षण भएको दाबी गरिएको छ ।

तीमध्ये पोखराका १० जना, तनहुँका ५ जना र पर्वतका १ जना छन् । यो सहित प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ७ सय १९ पुगेको छ ।

कोरोना संक्रमितमध्ये १ हजार ५ सय २० निको भइ घर फर्केको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाएका छन् । ५ जनाले ज्यान गुमाएका छन् ।