
काठमाडौँ, ३२ साउन । महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत एक प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा शनिबार बिहान आएको रिपोर्टमा डीआईजीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले जानकारी दिए ।
पछिल्लो समय नेपाल प्रहरीका कर्मचारीमा संक्रमण बढिरहेको छ । हालसम्म ६२० जनामा संक्रमण पुष्टि भएको र संक्रमितमध्ये २४० जना निको भएका कडायतले बताए ।