
पाेखरा, ३२ साउन। गण्डकी प्रदेशमा थप २ जना काेेराेना संक्रमित भेटिएका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) काे विनयी त्रिवेनी गाउँपालिका वडा १ का वर्ष ३७ र वर्ष ४२ का पुरूषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले अाइतबार दिउँसो विज्ञप्ति जारी गरी जनाएको छ।
याे सहित गण्डकीमा संक्रमित संख्या १ हजार ७ सय २१ पुगेकाे छ। गण्डकीमा अाइतबारमात्रै पाेखरामा १० सहित १८ जनामा संक्रमण देखिएको हाे ।
गण्डकी प्रदेशमा संक्रमित मध्ये १ हजार ५ सय २७ निकाे भएकाे स्वास्थ्य निर्देशक विनाेदबिन्दु शर्माले जनाए । संक्रमितमध्ये ५ काे मृत्युु भएकाे छ।