पोखरामा एकपछि अर्को संक्रमित, एकै दिन २२ संक्रमित फेला

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित



पोखरा, ३२ साउन । पोखरामा एकपछि अर्को कोरोना संक्रमित थपिएका छन् । पोखरामा आइतबारमात्रै २२ जनामा कोरोना संक्रमण देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पछिल्ल्लो समय १२ जनामा कोरोना देखा परेको हो । यसअघि बिहान १० जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो विज्ञप्तिअनुसार पोखरा वडा १५ का वर्ष ५० का पुरुष, वर्ष ५० की महिलामा कोरोना देखा परेको छ ।

यस्तै पोखरा वडा ५ का वर्ष ४१, ६४ र ७५ का महिला तथा वर्ष ३७, ३८, ६७ र ५२ का पुरुष पनि संक्रमित बनेका छन् ।

उता, वडा १४ का ३७ वर्षीय पुरुष, वडा १६ का १८ वर्षीय किशोर, वडा ७ का ३० वर्षीय पुरुषमा कोरोना देखा परेको हो । उनीहरु सबै जनाको परीक्षण क्षयरोग उपचार केन्द्रमा भएको हो ।

स्याङ्जाको पुतलीबजारमा वर्ष ४५ र ५५ की महिलामा कोरोना देखिएको छ । योसहित गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ७ सय ३५ पुगेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।