नेपालमा थपिए ६ सय ४१ कोरोना संक्रमित

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७७ मा प्रकाशित



नेपालमा ६ सय ४१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नियमित प्रेस ब्रिफिङमा गएको २४ घण्टामा ६ सय ४१ मा कोरोना संक्रमण देखा परेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ। प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा संक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ।

काठमाडौँ उपत्यकामा १ सय ७२ मा संक्रमण देखिएका छन् । जसमा काठमाडौँ जिल्लामा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।

उनका अनुसार २४ घण्टामा १२ हजार २ सय ४७ परीक्षण गरिएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा १ सय ३४ कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेका संख्या १७ हजार ३ सय३५ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म १ सय २ जनाको मृत्यु भएको छ ।