थप ५ सय ८१ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २७ हजार नाघ्यो

-



     सफल आवाज    
     भाद्र १ गते २०७७ मा प्रकाशित



नेपालमा थप ५ सय ८१ जना कोरोना संक्रमित फेला परेका छन् । यो सहित कुल संक्रमित संख्या २७ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

त्यस्तै, काठमाडौं उपत्यकामा मात्र १ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौं १ सय ९, ललितपुर १५ र भक्तपुर जिल्लामा १४ जना छन् । यस्तै, थप १ सय ५९ जना डिस्चार्ज भएका छन् । यो सहित कुल संक्रमितमध्ये डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ४ सय ९५ पुगेको छ । यस्तै, मृतक संख्या भने १ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।