धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     भाद्र २ गते २०७७ मा प्रकाशित


काठमाडाै, २ भदौ । धुलिखेल अस्पतालमा काेभिड–१९ ले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्ध रहेका छन् । उनको साउन २७ गते कोरोना रिपोट पोजेटिभ आएको थियो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाका अनुसार उनी काठमाडौंको नयाँबानेश्वरमा बस्थे। पिसाब बन्द हुने समस्या देखिएपछि उनी धुलिखेल अस्पतालमा उपचार गराउन गएका थिए ।

‘कोरोना परीक्षण गर्दा साउन २७ गते पोजेटिभ रिपोर्ट देखिएको थियो, गएराति साढे १२ बजे उहाँको निधन भयो,’ प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।