पोखरा, ३ भदौ । गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । योसहित कुल संक्रमित संख्या १ हजार ७ सय ७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ ।
गएको २४ घण्टामा क्षयरोग उपचार केन्द्र र भरतपुर अस्पताल चितवनमा गरिएको नमुना परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२ र तनहुँका २ गरी १४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
जसमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोनी नगरपालिका वडा २ का वर्ष २२, २६, ४९ र ५४ का वर्षीय पुरुष, वडा ३ का वर्ष २२ र ३८ का पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, हुप्सेकोट वडा ४२ वर्षीय पुरुष, देवचुली वडा १ का १७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
गैँडाकोट नगरपालिका वडा ७ का ३३ वर्षीय पुरुष, २७ वर्षीया महिला, वडा ५ की २८ वर्षीया महिला र वडा १ का उमेर नखुलेका एक जना पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनीहरुको भरतपुर अस्पताल चितवनमा नमुना परीक्षण गरिएको थियो ।
यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका वडा ४ का २९ वर्षीय र व्यास वडा ३ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेन कक्षमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
गण्डकीमा कुल संक्रमितमध्ये हालसम्म ७ जनाको मृत्यु भैसकेको छ ।