
पोखरा, ३ भदौ । गण्डकी प्रदेशमा थप ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ७ सय ८८ पुगेको स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।
पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको नमुना परीक्षणमा तनहुँ देवघाट ५ का २७ वर्षीय पुरुष, गोरखाको पालुङटारर ४ का ५० वर्षीय पुरुष, बागलुङको बडिगाड घर भइ लमजुङमा कार्यरत २२ वर्षीय पुरुष, धादिङ गंगाजमुना घर भइ लमजुङमै कार्यरत ३२ वर्षीय र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती घर घइ लमजुङमै कार्यरत अर्का ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।
संक्रमित सबैलाई जिल्लास्थित आइसोलेसन वार्डमा उपचारार्थ लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
बुधबार बिहान पनि तनहुँका २ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२ गरी १४ जनामा कोरोना देखिएको जनाइएको थियो ।
