पोखरा वडा ७ मा एकैपटक १६ संक्रमित फेला

-



     सफल आवाज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित


पोखरा, ३ भदौ । पोखराको एउटा वडामा एकैपटक १६ जना संक्रमित फेला परेका छन् । वडास्तरमा एकैपटक यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको पहिलो हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार साँझ विज्ञप्ति जारी गरी पोखरा वडा ७ मा १६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । वर्ष २३ देखि ३६ वर्षसम्मका उनीहरु सबैजना प्रहरी रहेको खुलेको छ ।

यसैबीच, स्वास्थ्य कार्यालय कास्कीका स्वास्थ्य अधिकृत बाबुराम आचार्यले दंगा प्रहरी उनीहरु हालै स्याङ्जाबाट फर्केर क्वारेन्टाइन बस्दै आएको बताए ।

त्यस्तै, बागलुङ जिल्लामा ३ महिलासहित ८ जनामा कोरोना देखिएको छ । जसमा बागलुङ नगरपालिका वडा ३ का वर्ष १६, २१ र ३५ का महिला तथा वर्ष ८, १३ र २२ का पुरुष छन् ।

जैमिनी ८ का वर्ष २० का पुरुष र बडिगाड गाउँपालिकाका वर्ष ३४ का पुरुष छन् ।
यो सहित गण्डकीमा कुल संक्रमितको संख्या १ हजार ८ सय १२ पुगेको छ । तीमध्ये ७ जनाको मृत्यु भयो ।