गण्डकीमा थपिए २१ संक्रमित, पुगे १८४४

-



     सफल आवाज    
     भाद्र ५ गते २०७७ मा प्रकाशित



पोखरा, ५ भदौ । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार दोस्रो विज्ञप्ति जारी गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ जना सहित २१ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
तीमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनय त्रिवेणी ६ का १० जना पुरुष , ३ जना महिला, वडा ७ का ३ पुरुष र २ महिला छन् ।

उता, बागलुङको बागलुङ नगरपालिका वडा २ का २६ वर्षीया, विराटनगर घर भइ मनाङमा कार्यरत ५७ वर्षीय पुरुष, भरतपुर घर भइ मनाङमा कार्यरत ५१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसअघि, शुक्रबार बिहान पोखरा २७ की ५० वर्षीया महिला र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैँडाकोट २ का ३२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो ।

योसहित गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय ४४ पुगेको छ ।

कुल संक्रमितमध्ये १ हजार ५ सय ७९ जना निको भएका छन् । कोरोना संक्रमित ७ जनाको ज्यान गएको छ ।

संक्रमित संख्या बढ्दै गएपछि कास्कीमा ३ दिनदेखि निषेधाज्ञा जारी गरिएको छ ।