कोरोना नियन्त्रण हुन २ वर्ष लाग्ने

-



     सफल आवाज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरस महामारीले २ वर्षभन्दा कम समयमै हराएर जाने आशा व्यक्त गरेको छ ।

सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी चाँडो नियन्त्रणमा आउने डब्लूएचओका प्रमुख डा. टेड्रोस एडहानम गेब्रियससले दाबी गरेका हुन् ।

उनले भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको बताए । तर उन्नत विज्ञान र प्रविधिका कारण कोरोना महामारी स्पेनिस फ्लुभन्दा चाँडो नियन्त्रण हुने उनको अनुमान छ ।

यसअघि स्पेनिस फ्लुका कारण २ करोड मानिसको ज्यान गएको थियो । सन् १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म स्पेनिस फ्लु फैलिएको थियो । एजेन्सी