पोखरा, ७ भदौ । पोखरामा आइतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारमात्र पोखरामा १६ सहित गण्डकीमा २४ संक्रमित फेला परेका थिए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराको वडा नम्बर नखुलेका ३० र ३२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमित दुवैलाई आइसोलेसन कक्षमा लैजाने तयारी रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए । उनीहरुको नमुना परीक्षण क्षयरोग उपचार केन्द्र,पोखरामा भएको हो ।
यो सहित गण्डकीमा कुल संक्रमित संख्या १ हजार ८ सय ७० पुगेको छ ।
गण्डकीमा कुल संक्रमितमा मध्ये हालसम्म १ हजार ६ सय ११ जना निको भएका छन् । ७ जनाको मृत्यु भएको छ । कास्कीमा मात्रै संक्रमित हुनेको संख्या २ सय ८५ पुगेको छ । तीमध्ये संक्रिय केश १ सय ६ छन् ।
