पोखरामा ट्याक्सी चालकमा कोरोना पुष्टि

-



     सफल आवाज    
     भाद्र ७ गते २०७७ मा प्रकाशित



पोखरा, ७ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७९ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा आइतबार थप ९ जना संक्रमितहरु फेला परेका हुन् ।

जसमा पोखरा वडा १६ का ४० वर्षीय पुरुष र ३१ वर्षीया महिला छन् । संक्रमित ४० वर्षीय पुरुष ट्याक्सी चालक भएको खुलेको छ ।

उता, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयत्रिवेणी १ का वर्ष ९, ४३ र ६५ का पुरुष तथा वर्ष २८, ३६ र ४९ की महिलामा कोरोना पुष्टि भएको हो ।

गोरखाको गोरखा नगरपालिका वडा ६ का २८ वर्षीय पुरुषमा पनि कोभिड–१९ पुष्टि भएको छ ।

सबै जना संक्रमितहरु कन्ट्याक्ट टे«सिङमार्फत पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले बताए ।

गण्डकीमा कुल संक्रमितमध्ये १ हजार ६ सय ११ अर्थात् ८५ दशमलब ७३ प्रतिशत निको भएका छन् ।

पोखरामा आइतबार बिहान पनि थप २ जनामा कोरोना देखिएको थियो । क्षयरोग उपचार केन्द्र,पोखरामा भएको नमुना परीक्षणमा पोखराको ठेगाना पहिचान नभएका ३० र ३२ वर्षीया महिलामा संक्रमण देखिएको हो ।