कोरोनाबाट विश्वका १६ मुलुकका १९२ नेपालीको मृत्यु

-



     सफल आवाज    
     भाद्र ८ गते २०७७ मा प्रकाशित



विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा १९२ नेपालीले ज्यान गुमाएका छन् ।
गैरआवासीय नेपाली संघअन्तर्गत स्वास्थ्य समितिका अनुसार पछिल्लो हप्ता लग्जम्र्वमा थप १ जनाको ज्यान गएको छ ।

कोरोनाबाट ज्यान गुमाउनेमा विभिन्न १६ मुलुकका नेपाली रहेका छन् । विदेशमा मात्र ३४ हजार ३ सय १ नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना भाइरसका कारण बेलायत, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको ज्यान गएको छ ।

पछिल्लो साता पनि अस्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरेबियालगायत देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ ।