
पोखरा, ९ भदौ । पोखरामा कार्यरत एक पत्रकारलाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ।
लेखनाथको एक एफएममा कार्यरत ३४ वर्षीय पुरुष संचारकर्मीमा कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय वाणिज्य बैंकका २ कर्मचारीमा संक्रमण देखिएपछि उनी कन्ट्याक्ट टे«सिङमा परेकोमा नमुना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनको सोमबार नमुना परीक्षण भएको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।
यसैबीच, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले कोरोनाबाट त्रसित नबन्न र सुरक्षित रुपमा रिपोर्टिङ गर्न आग्रह गरेका छन् । जोखिममा रहेका पत्रकारहरुको मंगलबार लेखनाथमै नमुना संकलन गरिने जनाइएको छ ।