इम्युनिटी पावर बढाउने फल ‘पेपिनोमेलन’ नेपालमा लोकप्रिय बन्दै

-



     आर बी बुढाथोकी    
     भाद्र १० गते २०७७ मा प्रकाशित



अहिले नेपालमा पेपिनोमेलन नामक एउटा फल निकै चर्चामा छ । जुन बिदेशी फल भनेर पनि चिनिन थालेको छ । रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउने यो बिदेशी फल नेपालमा लोकप्रिय हुँदै गएको छ । स्वाथ्यका लागी फाइदाजनक यो फलको काठमाण्डौको कौसी कौसीमा पनि खेती गरेको पाईन्छ । कोभिड १९ का कारण यो फल सबैले खोज्दै खान थालेका छन । यो अनौठो फलका बारेमा धेरै कमलाई मात्र थाहा छ । यसकाे नेपाली नामाकरण पनि भएको छैन । यो फलको खासै आफ्नो स्वाद पहिचान हुदैन । बिभिन्न ८ फलहरुको स्वाद भिन्नभिन्न रुपमा आउने हुँदा यसलाई एट फ्रुट पनि भनिन्छ । शहर बजारको कौसी कौसीमा अहिले पेपिनोमेलनको खेती सहज फस्टाएको देखिन्छ ।

यो फलको खेतीका लागि खासै मेहनत पनि गर्न नपर्ने र आँफै झ्याङि्गएर आउने हुँदा धेरैले सरल रुपमा गमला गमलामा पनि रोपेको देखिन्छ । यो फल दक्षिण अमेरिकी महादेशका पेरु, इक्वेडर, कोलम्बिया, बोलिभिया, चिली आदि देशमा अत्यधिक पाइन्छ । त्यहा ब्यापक रुपमा ब्यबसायिक खेत पनि गर्ने गरेको पाइन्छ । पेपिनोमेलन धेरै प्रकारका हुन्छन ।आकारमा पनि गोलो, लाम्चो, अण्डाकआदि हुन्छन। यो फलमा मानिसलाई स्वस्थ्य रहन चाहिने भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन के प्रशस्त पाइन्छ । यो फल खादा स्वादिलो मात्र होइन यसमा प्रसस्त मात्रामा औषधीय गुण पाईन्छ ।यो फलको स्वाद कसैलाई मेवा जस्तो लाग्छ त कसैलाई भुइकटहर जस्तो पनि लाग्न सक्छ ।

बिदेशी फल भनेर बजार नपाईएला कि भन्ने डर रहेकोमा पेपिनोमेलनले छिट्टै बजार लिन सफल भयो । हाल किर्तिपुरतिरका किसानले यो फल ब्यबसायिक रुपमा फलाउन पनि थालेका छन । बिशेष गरी यो फल कालम्बिया, इक्युडबार, बोल्विया, पेरु, चिली, न्युजिल्याण्ड, अमेरिका, जापान युरोपमा प्रख्यात छ ।

स्वास्थ्य सम्बन्धी फाईदाहरु:

  • प्राकृतिक शक्ती दिने बुस्टर भनेर पनि चिनिन्छ पेपिनोमेलन । यो फलको सेवनले शरिरमा अतिरिक्त शक्ति उत्पादन हुने हुँदा यसले रोग प्रतिरोधात्मक क्षमता बढाउछ ।
  • शरिरमा भएको अतिरिक्त्त कोलस्टोर कम गर्न मद्त पुर्याउछ ।
  • क्यान्सरसँग जुध्न मद्त पुर्याउछ ।
  • उच्च रक्तचाप हुनेका लागि पनि पेपिनोमेलन फाईदाजनक मानिएको छ ।
  • खाना अपच हुने समस्या भएकाहरुका लागि पनि यो फल उत्तम छ ।
  • शरिरमा हुने अनाबश्यक वजन घटाउन यो फलले बिशेष भूमिका खेल्छ ।
  • हड्डीलाई मजबुत बनाउन सहयोग पुर्याउछ ।
  • रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउछ ।
  • कलेजोलाई सधैं स्वास्थ्य राख्न मद्त पुर्याउछ ।
  • डायबिटीजको रोगीलाई पनि निकै उपयोगी फल मानिन्छ ।

यो फल कसरी खाने ?
पेपिनोमेलन अन्य फल जस्तै पाकेपछि ताछेर खान सकिन्छ । यो फल अति मिठो भिन्न मिक्स स्वादको,स्वादिलो र स्वास्थ्यबद्र्धक हुन्छ । बिदेशमा यो फल प्रयोग गरेर बिभिन्न सलाद,केक,लस्सी,जुस र ड्रिन्कहरु तयार गरेर ब्यबसायिक रुपमा होटल रेस्टुरेन्टमा महँगो मुल्यमा बिक्री गरिन्छ । यो फलमा लेमन मिसाएर खानाले रोग प्रतिरोधात्मक शक्ति बढ्ने र रोगसँग लडने क्षमता बढ्ने हुनाले मानिसले अहिले यो फल खोजी खोजी खाने गरेका छन ।

यो फलको खेती गर्नेहरुले पनि राम्रो आयआर्जन गरेका छन । घरायसी प्रयोगको लागि आफ्नै कौसीमा खेती गरेर प्रयोगमा ल्याएका छन । एउटा गमलामा रोपेको पेपिनोमेलनलाइ राम्रो मलजल पुगेमा घरको प्रयोगलाई सहज पुग्ने हुन्छ । यो समयमा माछा मासु भन्दा पनि यस्ता दुर्लभ फलफुल खोजेर खानाले शरीरमा इम्युनिटी पावर बढ्ने बिज्ञहरुको भनाइ छ ।