विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड ४३ लाख ६८ हजार नाघ्यो

-



     सफल आवाज    
     भाद्र ११ गते २०७७ मा प्रकाशित



भदौ ११। विश्वमा दुई करोड ४३ लाख ६८ हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ३० हजार ४०९ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङक्रमित मध्ये हालसम्म एक करोड ६८ लाख ९८ हजार ८९१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३९ हजार २८८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार ५६६ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ६० लाख २ हजार ९२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।

यस प्रकोपका कारण अमेरिकामा १ लाख ८३ हजार ६८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ५९ लाख ७४ हजार ९९४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख ९४ हजार ८१९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ७१ लाख ४६९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ६४ हजार ४९५ जनाको मृत्यु भएको छ । युरोपमा ३४ लाख ४५ हजार ७९२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ६ हजार ४७४ को मृत्यु भएको छ ।

एसिया ६६ लाख १ हजार ५९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ३५ हजार ३३६ जनाको मृत्यु भएको छ । अफ्रिकामा १२ लाख १७ हजार ११३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ६७० जनाको मृत्यु भएको छ । ओसियानामा २७ हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६०० जनाको मृत्यु भएको छ ।(रासस-एएफपी)