विश्वभरका पाैने २ करोड जनताले कोरोनालाई जिते

-



     सफल आवाज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित



पोखरा, भाद्र १२ । विश्वमा हालसम्म कोरोना भाईरसलाई जितेर सामान्य जिवनमा फर्किनेहरुको संख्या १ करोड ७० लाख ९४ हजार ६३४ पुगेको छ ।

यस्तै, ६६ लाख ९८ हजार ३३६ वटा सक्रिय केस रहेका छन् । ६६ लाख ३६ हजार ९२९ जनाको अवस्था सामान्य रहेको छ । गम्भिर अवस्थाका विरामी ६१ हजार ४०७ जना रहेका छन् ।

सबैभन्दा वढी कोराना प्रभावित भएको देश अमेरिकामा ३३ लाख ४७ हजार ९४० जना निको भएका छन् । सक्रिय केस २५ लाख १३ हजार ८९८ रहेका छन् । त्यहाँ १ लाख ८४ हजार ७९६ जनाको ज्यान गएको छ । कुल संक्रमित संख्या ६० लाख ४६ हजार ६३४ रहेको छ ।

ब्राजिल बिश्वमा धेरै संक्रमित भएको दोश्रो नंबरमा परेको देश हो । त्यहाँ २९ लाख ४७ हजार २५० जना निको भएका छन् । सक्रिय केसहरु ६ लाख ९८ हजार ५१७ रहेका छन् । कुल संक्रमित संख्या ३७ लाख ६४ हजार ४९३ रहेको छ । १ लाख १८ हजार ७२६ जनाको ज्यान गएको छ ।

भारत संक्रमति धेरै भएका देश मध्य तेश्रो नंबरमा रहेको छ । त्यहाँ २५ लाख ८३ हजार ९४८ जना निको भएका छन् । ७ लाख ४१ हजार ८५८ वटा संक्रिय केस रहेका छन् । ६१ हजार ६९४ जनाको ज्यान गएको छ ।

विश्वभर आजसम्म २ करोड ४६ लाख २८ हजार ६०७ जनामा संक्रमण भएको छ भने ८ लाख ३५ हजार ६३७ जनाको ज्यान गएको छ । श्रोत :वल्डओमिटर्स डटकम