देशभर थपिए ८८४ जना कोरोना संक्रमित

-



     सफल आवाज    
     भाद्र १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ भदौ । नेपालमा शनिबार ८ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये २ सय ४२ जना महिला र ६ सय ४२ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

उनका अनुसार कोरोना संक्रमितमध्ये हालसम्म निको हुनेको संख्या २० हजार ५ सय ५५ रहेको छ । गएको २४ घण्टामा मात्र ३ सय १३ जना निको भएका हुन् ।

कोरोना संक्रमितमध्ये १ सय ७५ जना आइसोलेसनमा र २२ जना भेन्टिलेरमा उपचाररत् छन् ।
यसैगरी, देशभर हालसम्म क्वारेन्टिनमा रहेको संख्या ८ हजार ३५ जना छन् ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९ सय ७१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको थियो ।

५ सय जनाभन्दा माथि सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ्ग, धनुषा, पर्सा, बारा महोत्तरी, रौतहट, सर्लाही, ललितपुर र काठमाडौं छन् ।

यसैगरी शून्य संक्रमित रहेका २ जिल्लाहरुमा मुस्ताङ र हुम्ला रहेका छन् ।