
पोखरा, १४ भदौ । तनहुँ जिल्लाको भानु नगरपालिकामा एकैपटक २२ जना कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये ३ महिला छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विज्ञप्ति जारी गरी भानुको वडा ६ मा ९ जना पुरुष, वडा ७ मा १० जना पुरुष र ३ महिला गरी कुल २२ जना संक्रमित फेला परेको पुष्टि गरेको हो।
उनीहरु सबैको नमुना परीक्षण क्षयरोग उपचार केन्द्र, पोखरामा भएको हो । तीमध्ये वडा ६ का ६९, ४०, २३, ४०, ५१, ४०, ६८, ३८ र ६२ वर्षीय पुरुष हुन् । त्यस्तै वडा ७ का ३२, ४६, ३६, ६०, ५६, ३६, ५५, ६०, २७ र ३८ का पुरुष तथा ८ वर्षीया बालिकासहित २५ र ५४ वर्षीया महिला छन् । कन्ट्याक टे«सिङ आधारमा संक्रमितको पहिचान भएको हो । भानुमा अघिल्लो महिना पनि ठूलो संख्यामा संक्रमित भेटिएका थिए ।
यसैगरी बागलुङको तमानखोला–२ मा वर्ष २३ र ३० का महिला पनि संक्रमित भएका छन् । तीमध्ये एक स्वास्थ्यकर्मी र एक जना व्यापारी हुन् ।
यसैबीच, गण्डकी प्रदेशमा आइतबार बिहान थप ५ जनामा कोरोना संक्रमित भेटिएका थिए । योसहित गण्डकीमा कुल संक्रमित संख्या २ हजार १ सय २३ पुगेको छ । प्रदेशमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । गण्डकीमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ हजार ६ सय ९३ पुगेको छ । निको हुने दर ८०.८५ प्रतिशत छ ।