
चितवन, १५ भदौ । भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाटा सोमबार मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलले जानकारी दिए ।
भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएकोमा बिहान ७ः२० मा मृत्यु भएको पौडेलले जानकारी दिए ।
योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ ।