गण्डकीमा भेटिए थप ७ संक्रमित

-



     सफल आवाज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित


पोखरा, १५ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ४४ पुगेको छ । पोखरा सहित विभिन्न ठाउँमा भएको परीक्षणमा प्रदेशका थप ७ जना संक्रमित फेला परेका हुन् ।

त्यसमध्ये फेवा सिटी अस्पतालमा उपचाररत् लमजुङ बेसीशहर–१० की ७१ वर्षीया महिला संक्रमित भेटिएकी छन् । उनको क्षयरोग उपचार केन्द्र पोखरामा नमुना परीक्षण भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा पोखरा वडा ६ मा ३७ वर्षीय पुरुष तथा क्षयरोग उपचार केन्द्रको परीक्षणमा वडा ८ का ५५ वर्षीय पुरुष र वडा १५ का ५६ वर्षीय पुरुष संक्रमित बनेका छन् ।

त्यस्तै, तनहुँको भानु ५ का ४४ वर्षीय पुरुष, गोरखाको गोरखा नगरपालिका वडा १३ का ३२ र ३६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट टे«सिङ आधारमा संक्रमण पुष्टि भएका गोरखाका २ महिलाहरुलाई आइसोलेसन केन्द्रमा राखिसकिएकोमा अन्यलाई लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।