कोभिड १९ को परिक्षण शुल्क ४ हजार ४०० मात्रै

-



     सफल आवाज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ भदौ । कोभिड १९ को परिक्षणको लागि अब ४ हजार ४०० रुपैयाँ मात्रै शुल्क लाग्ने भएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका सम्वन्धमा सोमवार बसेको वैठकले कोभिड १९ को परिक्षणको लागि ४ हजार ४०० भन्दा वढी लिन नपाउने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईको वैठकले सःशुल्क रुपमा कोभिड १९ को परिक्षण गर्ने सबै प्रयोगशालाहरुले परिक्षण वापत लाग्ने सेवा शुल्कसहित अधिक्तम ४ हजार ४०० रुपैयाँ मात्रै लिन पाउने निर्णय गरेको हो ।

स्वास्थ्य आपतकालिन केन्द्रका प्रमुख डा.समिर कुमार अधिकारीले जारि गरेको जानकारी पत्रमा कोभिड १९ को परिक्षणको लागि अब ४ हजार ४०० मात्रै लिन पाउने निर्णय गरिएको उल्लेख छ ।