काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

-



     सफल आवाज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित


काठमाडौं, १५ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । शाक्यले आफूमा संक्रमण पोजेटिभ देखिएपछि अहिले आइसोलेसनमा बसेको बताएका छन् ।

उनले श्रीमतीलाई १०० डिग्री ज्वरो देखिएपछि ग्रान्डी अस्पतालमा आइतबार नियमित जाँचका लागि गएको बेला पीसिआर परीक्षणका लागि स्वाब दिएका थिए । अस्पतालले आज मेयर शाक्यको पोजेटिभ रिर्पोट आएको र उनको श्रीमतीको भने नगेटिभ आएको जनाएको हो ।

आफुमा संक्रमणको लक्षण नदेखिएको र अहिले घरमै बसिरहेको बताएका छन् ।