
photo:BBC
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज दिउँसो ८४ वर्षको उमेरमा निधन भएको छ ।
अगष्ट १० मा कोरोना संक्रमण पुष्टि भएपछि मुखर्जीलाई अस्पताल भर्ना गरिएको थियो । उनकोे नयाँ दिल्लीस्थित आर्मि आरआर अस्पतालमा उपचारको क्रममा आज दिउँसो निधन भएको हो ।
उनले २०१२ देखि २०१७ सम्म राष्ट्रपति भएर काम गरेका थिए । मुखर्जीले ५१ वर्षको राजनीतिक करियरमा धेरै महत्वपूर्ण विभागहरु सम्हालेका थिए । जसमा वित्त, विदेश र रक्षा मन्त्रालय रहेका थिए ।
उनका छोरा अभिजितले ट्वीट गर्दै यो समाचारको पुष्टि गरेका हुन । मुखर्जीले अन्तराष्ट्रिय मुद्रा कोष तथा विश्व बैंकको बोर्डमा रहेर पनि काम गरेका थिए ।