प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण, अवस्था सामान्य

-



     सफल आवाज    
     भाद्र १६ गते २०७७ मा प्रकाशित




विराटनगर, १६ भदौ । प्रदेश नंवर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमवार राति भएको परिक्षणमा नतिजा पोजेटिभ देखिएको हो ।

मन्त्री घिमिरे भदौ १३ गते धनकुटा अस्पतालको निरिक्षणमा जानु भएको थियो । त्यहाँबाट फर्किए लगत्तै उहाँलाई पखाला लागेको थियो । सोमवार देखि ज्वरो आउन शुरु भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाल घिमिरे निवासमै सुरक्षित तवरले बसिरहनु भएको सचिवालयले बताएको छ ।