गण्डकीमा भेटियाे प्रहरी, पत्रकार, पर्यटन व्यवसायी, बैंकरमा काेराेना

-



     सफल आवाज    
     भाद्र १६ गते २०७७ मा प्रकाशित



पाेखरा, १६ भदाै । गण्डकी प्रदेशमा थप ३९ जना काेेराेना संक्रमित भेटिएका छन्।

संक्रमितमध्ये लमजुङका २६, नवलपुर १०, कास्की २ र बागलुङका १ जना संक्रमित छन्। उनीहरूमा बैंकर, प्रहरी, पर्यटन व्यवसायी, अस्पतालमा उपचाररत १४ दिनका शिशु, पत्रकार महिला समेत रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गरी जनाएको छ।

याेसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार २ सय ५ पुगेको स्वास्थ्य निर्देशक विनाेदबिन्दु शर्माले जनाए ।

संक्रमितमध्ये १४ जनाकाे मृत्यु भएकाे छ।