गण्डकीमा मंगलबार थपिए ४४ संक्रमित, निको हुने दर ७७ प्रतिशत

-



     सफल आवाज    
     भाद्र १६ गते २०७७ मा प्रकाशित



पोखरा, १६ भदौ । गण्डकी प्रदेशमा मंगलबार ४४ संक्रमित थपिएका छन् । योसहित प्रदेशमा २ हजार २ सय १० जना कोरोना संक्रमित पुगेका छन् ।

मंगलबार थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै लमजुङका २६ जना रहेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १०, तनहूँ ३, कास्की ३, बागलु र पर्वत १–१ जना संक्रमित रहेका छन् । कास्कीका ३ मध्ये सबैजना पोखराका हुन् ।

गएको २४ घण्टामा गण्डकीमा १६ जना निको भए । योसहित कोरोना जित्नेको संख्या १ हजार ७ सय १२ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्तिमार्फत जनाएको छ । निको हुने दर ७७ दशमलब ४६ प्रतिशत रहेको छ ।

यसैगरी सक्रिय संक्रमितको संख्या ४ सय ८४ छ । यस्तै १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हाल आइसोलेसनमा रहेकोहरु ४ सय ४ जना छन् । तीमध्ये ३८ जना होम आइसोलेसनमा छन् । आईसीयूमा ६ र भेन्टिलेटरमा कुनै पनि बिरामी छैनन् ।

प्रदेशमा हालसम्म ४२ स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ९ सय ३७ नमुना परीक्षण गरिएको हो । जसमा क्षयरोग उपचार केन्द्य्रमा ८ सय ७२ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५५ जनाको नमुना परीक्षण भएको हो ।

प्रदेशमा क्वारेन्टाइन बस्नेहरुको संख्या हाल ६ सय ३ रहेको छ । प्रदेशमा १ सय ७५ वटा आईसीयू बेड संख्या छ भने भेन्टिलेटर ५७ वटा रहेका छन् ।

गण्डकी प्रदेशका १ १ वटा जिल्लामा लकडाउनपछि विदेशबाट फर्किनेहरुमध्ये तेस्रो मुलुकबाट ६ हजार ४ सय २ र भारतबाट फर्किनेहरु १३ हजार ४ सय ३६ जना रहेका छन् । यसरी विदेशबाट आउनेहरुको कुल संख्या १९ हजार ८ सय ३८ रहेको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले बताए।