
बुटवल, १७ भदौ । भैरहवामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
भीम अस्पतालमा उपचाररत् रामग्राम –५, नवलपरासीकी ६५ वर्षीया महिलाको उपचारक्रममा मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलका अनुसार ती महिलामा मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो ।
कोरोना संक्रमण पुष्टि भएर स्वास्थ्यमा समस्या आएपछि उनलाई बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा लगिएकोमा आईसीयु उपलब्ध नहुँदा सोमबार भीम अस्पतालको आईसीयुमा राखेर उपचार सुरु गरिएको थियो ।