तनहुँमा जनता आवासमार्फत १९९ घर निर्माण

-



     सफल आवाज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित



दमौली, १७ भदौ । जनता आवास कार्यक्रममार्फत तनहुँमा १९९ घर निर्माण गरिएको छ । गरिब तथा आर्थिकरुपमा विपन्न परिवार छनोट गरी व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकामा घर निर्माण गरिएको हो ।

निर्माण गरिएका घरमध्ये एकजना लाभग्राहीले चार किस्ता गरी रु तीन लाख ३२ हजार ५०० भुक्तानी पाएका छन् । ४८ लाभग्राहीले तेस्रो किस्ताबापतको रु दुई लाख ९९ हजार २५० भुक्तानी पाएका छन् ।

शहरी विकास तथा भवन कार्यालय गोरखामार्फत तनहुँको शुक्लागण्डकी नगरपालिकामा ३०, भीमाद नगरपालिकामा २८, व्यास नगरपालिकामा ३७, भानु नगरपालिकामा २४, म्याग्दे गाउँपालिकामा २२, बन्दीपुर गाउँपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा १३, देवघाट गाउँपालिकामा १७ र ऋषिङ गाउँपालिकामा १५ घर निर्माण गरिएको जनता आवास कार्यक्रम तनहँुका प्राविधिक शङ्कर गैह्रेले जानकारी दिनुभएको राससले लेखेको छ ।