सामूहिक खेतीमा गाउँपालिकाको सहयोग

-



     सफल आवाज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित



भोजपुर, १७ भदौ । पौवादुङ्मा गाउँपालिकाले सामूहिकरुपमा कृषि व्यवसायमा लाग्ने कृषकलाई प्रोत्साहन गर्दै आएको छ । कृषकलाई सामूहिकरुपमा कृषि क्षेत्रमा आवद्ध गराएर गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ आर्थिक तथा प्राविधिक सहयोग गरेको हो ।

गाउँपालिकाले वडा नं–३ को प्याक्लाको बिज वृद्धि कृषक समूहलाई नमूनाका रुपमा गत आर्थिक वर्षमा रु चार लाख अनुदान सहयोग गरेर कामको थालनी गरेको थियो ।

गाउँपालिका अध्यक्ष किरण राईले भन्नुभयो, ‘‘एकल रुपमा कृषिमा लागेका धेरै कृषकलाई प्राविधिकसँगै आर्थिक सहयोग गरिरहेका छाँै, आगामी दिनमा सामूहिक कृषि प्रणालीलाई विस्तार गर्ने योजनाका साथ नमूनाको रुपमा काम थालनी गरेका हौँ, यो प्रणाली सफल भएमा अन्य क्षेत्रमा पनि विस्तार हुन्छ ।’’

स्थानीयवासीले बिज वृद्धि कृषक समूह दर्ता गरेर करिब २२ रोपनी क्षेत्रमा तरकारी खेती गरिरहेका छन ।रासस