भेरी करिडोरको १३ ठाउँमा पुल निर्माण शुरु

-



     सफल आवाज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित



जाजरकोट, १७ भदौ । लामो समयपछि भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुलको निर्माण कायलार्ई अगाडि बढाईएको छ ।

सडकखण्डको जिरो विन्दु पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सातवटा मोटर गुड्ने पुलका लागि बोलपत्र आह्वान भएर महिना दिनभित्र काम शुरु हुन लागेको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जानकारी दिएका छन् ।

भट्टका अनुसार पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला खुमाउरी, त्राँत्रगाड खोला र ताँसुखोला ९चौखामा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ । सात वटा पुल ३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्य रहेको राससले लेखेको छ ।