देशभर थपिए ११२० कोरोना संक्रमित

-



     सफल आवाज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ भदौ । नेपालमा गएको २४ घण्टामा १ हजार १ सय २० जना कोरोना संक्रमित थपिएका छन् । बुधबार ३ सय २० महिला र ८ सय जना पुरुष गरी कुल १ हजार १ सय २० जना कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ पुगेको छ । गएको २४ घण्टामा १ हजार १ सय १२ जना निको भएका हुन् । योसहित संक्रमितमध्ये कुल निको हुनेको संख्या २३ हजार २ सय ९० रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ८८ संक्रमित भेटिएको प्राडा गौतमले बताए । तीमध्ये काठमाडौँ जिल्लामा ३ सय ५०, भक्तपुरमा ९ र ललितपुरमा २९ संक्रमित भेटिएका हुन् ।